बागलुङको बुर्तिबाङ बजार नजिकै मल्कतीबाङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । छ । सोमबार राती साढे १० बजे बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेदेखि बुर्तिबाङ बजार तर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गदेखि करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।
मत्यु हुनेमा ढोरपाटन नगरपालिका–२ पाखुतेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड गाउँपालिका–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा १० जना प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा पु¥याउँदा डाक्टरले दुई जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।