जाजरकोटमा पुनः ५.८ म्याग्‍निच्युडको भूकम्प गयो

जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुनः ठूलो भूकम्पको झट्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५।८ म्याग्‍निच्युड मापन गरिएको छ । त्यहाँ रिपोर्टिङमा रहेका संवाद्‍दाताहरूका अनुसार भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएका छन् ।

संवाददाताअरुका अनुसार पराकम्पका कारण उनले रिपोर्टिङ गरिरहेको स्थानबाट परिपट्टीको डाँडामा पहिरो गएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?