बागलुङ, बुर्तिबाङबाट फरार प्रतिवादी महिला पक्राउ

बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङ बजारबाट १ जना महिला फरार प्रतिवादी आईतबार पक्राउ परेका छन् ।

बागलुङ जिल्ला अदालत बागलुङको २०७९ असार १७ गतेको फैसला आदेशले लागु औषध गाँजा मुद्दामा १ वर्ष ३ महिना २४ दिन कैद र रु. ५ हजार जरिवाना सजाय तोकिएका फरार प्रतिवादी ढोरपाटन नगरपालिका वडा नं. १ बस्ने बर्ष ४२ का मिना थापालाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले बुर्तिबाङ बजारबाट पक्राउ गरेको हो ।

फरार प्रतिवादी थापालाई लगत कट्टाको लागि आईतबार नै बागलुङ जिल्ला अदालत पठाईएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?