नेपाली कांग्रेसले जाजरकोट भूकम्पको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट तर्फबाट ५० लाख सहयोग गर्ने भएको छ ।आज कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत सहयोगको घोषणा गरेका हुन् ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६।४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति भएको छ । सयौं घाइते भएका छन् ।
‘यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले पचास लाख रुपैँया नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।