गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी सो समाचार तयार पार्दा सम्ममा जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्। अहिलेसम्म १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले बताउनुभयो। भूकम्प प्रभावित क्षेत्रमा उद्धार र खोजी तीब्र पारिएको र तीन वटै सुरक्षा निकाय परिचालन भएको बताउनुभयो।
जाजरकोट केन्द्रबिन्दु भए गएराति ११ः४६ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ।