स्वर्गीय पित्रीहरुको सम्झनामा बिधालयमा प्रवेश द्वार निर्माण

भुवन भुसाल, गुल्मी । गुल्मीको एक परिवारले आफैले अध्ययन गरेको बिधालयमा प्रवेश द्वार निर्माण गरेर हस्तान्तरण गरेको छ । छत्रकोट गाउँपालिका श्रृङ्गा निवासी अर्याल परिवारले शृङ्गा जनता माध्यमिक बिधालय छत्रकोट ४ श्रृङ्गामा प्रवेश द्वार निर्माण गरेर हस्तान्तरण गरेका हुन ।

छत्रकोट ३ काभ्रे श्रृङ्गा निवासी आफ्ना स्वर्गीय हजुरबुवा थानेश्वर अर्याल, स्वर्गीय हजुरआमा देवकला अर्याल र स्वर्गीय छोरा दुर्लभ अर्यालको सम्झनामा स्वर्गीय दुर्लभ प्रसाद अर्यालकि धर्मपत्नी बसन्ता अर्याल, छोराबुहारीहरु शेषनारायण अर्याल, बिष्णु अर्याल, शुशिला अर्याल, डिलाराम अर्याल, तारा अर्याल, चन्द्रकान्त अर्याल, सीता अर्याल एवम् अर्याल परिवारले आफ्नो निजि लगानीमा प्रवेशद्वार निर्माण गर्नुभएको हो ।

 

आज बिद्यालय प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरि नवनिर्मित प्रवेश द्वारको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले उदघाटन गर्नुभएको छ । बिधालयका अध्यक्ष राम चन्द्र कंडेलको अध्यक्षतामा संचालित कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, गाउँपालिकाका पुर्व अध्यक्ष मधुकृष्ण पन्त, वडा न ४ का अध्यक्ष गुणाखर ज्ञवाली लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, राजनैतिक दल लगायत स्थानियको बाक्लो उपस्थितीमा प्रवेश द्वार उदघाटन गरिएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताले बिधालयमा स्वागतद्वार निर्माण गर्ने अर्याल परिवारको कर्म प्रशंसायोग्य रहेको बताएका छन । अर्याल परिवारले समाजको निम्ति कर्म गरेर आफ्नो र पित्रीहरुको नाम अमर बनाएको उनिहरुको भनाई थियो । कार्यक्रममा बाल कलाकार दर्शिल पन्तले सास्कृतिक प्रस्तुती समेत राख्नुभएको थियो ।

 


कार्यक्रमलाई सम्बोधन गर्दै बिधालयकि निमित्त प्रधानाध्यापक मिना गौतम कंडेलले बिधालयलाई मायाँ गरेर बिधालयमा प्रवेशद्वार निर्माण गरेकोमा अर्याल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन शिक्षक रमेश पन्थले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?