आज बलेटक्सार रानीवास क्षेत्र सरसफाई गरिदै, पुर्व मुख्य सचिव पौडेल पनि सहभागी हुने

भुवन भुसाल, गुल्मी । आज गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सरसफाई कार्यक्रम आयोजना गरेको छ । “सफा रहौं स्वस्थ बनौं, स्वास्थ्य सभ्यता र विकासको लागि सरसफाई” भन्ने नाराका साथ सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।

 

चिनका लागि पुर्व राजदुत, पुर्व मुख्य सचिव एवं रुरुक्षेत्रका स्थायी बासिन्दा लिलामणी पौडेलको समेत सहभागीतामा सरसफाई कार्यक्रम आयोजना गरिएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो।

 

आज बुधबार बिहान ९ बजे देखि सुरुहुने सरसफाई कार्यक्रम ११ बजे सम्म संचालन हुनेछ ।सरसफाई कार्यक्रम गाउँपालिकाको कार्यालय बाट सुरुहुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

 

“सरसफाईले स्वास्थ्य राम्रो त बनाउँछ नै, सामाजिक एकतामा पनि बल पुर्याउँछ” रेडियो शृङ्गेश्वर संग कुरा गर्दै अधिकृत पौडेलले भन्नुभयो । “दशैंको बेला एक अर्को संग भेटघाट पनि हुने, सामाजिक काम पनि हुने तसर्थ सबैलाई सहभागिताको लागि अनुरोध गर्दछौं” पाण्डेले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?