गुल्मीका सन्तोष खत्रीले लाहुरे दाईको बजारमा ल्याउँदै

भुवन भुसाल, गुल्मी । गुल्मीका सन्तोष खत्रीले दशैंको अवसर पारेर लाहुरे दाईको बजारमा ल्याउने भएका छन । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जन्मिएर हाल पपुवान्युगिनीमा बस्दै आएका खत्रीले दशैं सम्बन्धि लोक तथा दोहोरी गित सार्वजनिक गर्न लागेका हुन ।

नन्दु परियार र सुनिता बुढाक्षेत्रीको स्वरमा रहेको गितमा नेत्र अर्यालको शब्द रहेको छ भने संगित नन्दु परियारले भरेका हुन । गितको थेगो अमित सुनारले तयार पारेका हुन ।

गितमा सन्तोष खत्री, जुना गुरुङ्ग, अमित सुनार र बिजया विष्वकर्माको अभिनय रहेको छ । नवदुर्गाको अवसरमा ल्याउन लागिएको कार्तिक १ गते सार्वजनिक गर्ने तयारीमा रहेको खत्रीले देश दर्शनलाई जानकारी दिए । दशैतिहार पर्व, लाहुरे, छुटिमा गाउँ आउँदाको रमाईलोलाई समेटेर तयार पारिएको गित अमित सुनार युट्युब च्यानल मार्फत सार्वजनिक गर्ने तयारी छ । छायांकनको काम सकिएको र सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको खात्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?