क्यानाडामा वानर सेना हिट, अब अशोज १९ मा नेपालको पालो

 

क्यानाडाबाट फिल्म विषयमा अध्ययन गरेर फर्केका अर्मान जंग वानर सेना नामक चलचित्र लिएर अशोज १९ बाट देशभर आउने भएका छन्। आफ्नो पहिलो चलचित्रलाइ फरक तरिकाले निर्माण गरेका अर्मानले क्यानाडामा पहिलो प्रिमियर गरेका थिए । त्यहाँबाट एकदमै राम्रो रेस्पोन्स पाएपछि अब नेपालभर चलाउने निधो गरेका छन् । नेपालमा रिलिज भए लगतै अस्ट्रेलिया र जापानमा पनि प्रिमिएर हुने कुरा फिल्मक युवराज गिरीले बताएका छन्। क्यानाडाको विनिपेगमा एक्टिंग सिकेका अर्मानलाइ त्यहाँ प्रोफेसरहरुले भविष्यको तारा भनेर पुकार्ने गरेका छन्। ऊनको होनहार एक्टिंग वानर सेनामा मज्जाले झल्किएको छ।

 

 

गिरी ग्रान्ड प्रोडकसन्मा बनेको अरमानको पहिलो चलचित्रको दोस्रो मुख्य भूमिकामा नेपालका न्याचुरल इस्टार किशोर खतिवडा पनि छन् । ऊनी रावणको भूमिकामा देखिने छन्। कथा पौराणिक भए पनि चलचित्रको प्लट आधुनिक र नया देखिएको छ। फिल्म विषयमा डिग्री हासिल गरेर अर्मानले नेपाली फिल्म जगतलाइ क्यानाडामा पनि चिनाउने काम गरेका छन्। उनको फिल्म वानर सेना क्यानाडामा हिट भैसकेको छ। अब नेपालमा के हुने हो त्यसको पर्खाइमा छन् अरमान। अर्मान एक युवा भएकोले गर्दा ऊनी बाकी नेपालका युवाहरुले ऊनलाई साथ दिएको हेर्न चाहन्छन ।

 

 

 

सुत्रको अनुसार, २०२४ देखि अरमान नया फिल्मको निर्माणमा लाग्ने छन्। फिल्म निकै ठुलो स्केलमा निर्माण हुने कुरा छ र फिल्म को मुख्य भूमिकामा अरमान स्वयम् देखिने छन् भने अरु भिन्न पात्रमा राजेश हमाल, दयाहांग राइ, रेखा थापा, डेनी डेनजोग्पा, सुनिल थापा, रमेश छेत्री आदि कलाकार रहेको बताइएको छ। फिल्मको नाम “सल्फर” हुने बताइएको छ। यो चलचित्र नेपाल, चिन, भारत र युकेमा एकै साथ रिलिज हुने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?