नगद २५ हजार सहितको “भैरव रिसाल मिडिया फेलोसिप अवार्ड” गुल्मीका पत्रकार महतारालाई

गुल्मीका पत्रकार सन्तोष महतारालाई ‘भैरव रिसाल मिडिया फेलोसिप(२०८०) अवार्ड प्रदान गरिएको छ ।आज काठमाडौंको बानेश्वरमा आयोजित वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) को ३२ औं साधारणसभामा गुल्मीका पत्रकार महतारालाई नगद रु २५ हजार राशिसहित अवार्ड प्रदान गरिएको हो ।

 

बरिस्ठ पत्रकार भैरव रिसालले उक्त अवार्ड महतारालाई नगदसहित महतारालाई प्रदान गरेका हुन् । ‘खोजमूलक समाचारलाई अझै प्राथमिकता दिनु’ उनले अवार्ड दिँदै भने, “इन्फोको सकारात्मक काममा सबैको साथ रहेछ, हार्दिक बधाई छ ।” रिसालले संस्थाको मुक्तकण्ढले प्रशंसा गरे ।

 

पत्रकार महताराले खोजमूलक तथा सिर्जनात्मक समाचार प्रकाशन गरेबापत संस्थाले उनलाई सम्मान गर्ने निर्णय गरेको थियो । उनले फेलोसिप समाचार प्रकाशन गर्दै आएका छन् । जसका कारण महतारा भैरव रिसाल मिडिया फेलोसिप २०८० को अवार्ड पाउन सफल भएका हुन् ।

 

नगदसहितको अवार्ड ग्रहण गर्दै पत्रकार महताराले बरिस्ठ पत्रकार भैरव रिसालको योगदानबारे चर्चा गरेर नसकिने बताए । उनले भैरव रिसालबाट सम्मान पाउनु आफैमा गौरवशाली कुरा भएकोले एन्फोले पनि खोजमूलक पत्रकारिता गर्न थप हौसला पाएको बताए । ‘निरन्तर समाचार लेख्नेमा लागें, केही अपेक्षा नराखिकन कर्म गरें’, “उनले भने, “कर्म गरेपछि कर्मको मुल्यांकन हुदोरहेछ ।” उनले वातावरण तथा जनस्वास्थ्य संस्था एन्फो र भैरव रिसालप्रति आभार प्रकट गर्दै धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?