
पाल्पाको जोर्तेमा गुडिरहेको स्कर्पियोेमाथी पहिरो खस्दा तिन जनाको ज्यान गएको छ । भने ५ जना घाइते भएका छन् । मृतकको पहिचान हुन सकेको छैन ।
गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसेको रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले जानकारी दिए।
उनका अनुसार घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
त्यहाँ सडक डिभिजन कार्यालयले राति १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नती कार्य गर्दै आएको छ ।