अमर पन्थ , वुटवल । गुल्मीको छत्रकोट गाउँपालिकाका जनताले अव निशुल्क रगत पाउने भएका छन ।
छत्रकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीबीच निशुल्क रगत उपलब्ध गराउने बिषयमा शुक्रवार सहमति भएको हो । योसँगै अब छत्रकोट बासीलाई रगत किन्ने पैसा नभएकै कारण ज्यान गुमाउनुपर्ने बाध्यता हटेको छ।
निशुल्क रगतका लागि नेपाल रेडक्रस सोसाईटी अन्तर्गतको रक्तसंचार सेबा केन्द्र बुटवल र भैरहवाबाट सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ ।
सहमतिमा हस्ताक्षर पछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले भने गाउँपालिका सबै गाउँवासीको अभिभावक हो गाउँवासीको दुःख, सुखमा सँगसँगै रहनुपर्छ भन्ने मान्यता हाम्रो छ । पछिल्लो समय देखा परेका क्यानसर, मुटुको रोग, मिर्गौलाको समस्यालगायतका तमाम रोगको उपचारसँगै रगत पनि आवश्यक पर्ने भएकोले कम्तिमा रगतको सेवा शुल्क हामीले दिँदा बिरामीलाई थोरै भएपनि राहत मिल्ने ठानेर यो सम्झौता गरिएको छ । रगत किनबेच गर्ने वस्तु त होइन तर व्यवस्थापकीय कारण बिरामीले तिर्ने सेवा शुल्कको बोझ घटाउनु यस कार्यक्रमको उद्देश्य हो ।
उक्त कार्यक्रममा गाउपलिका अध्यक्ष रामप्रसाद पाण्डेय , प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन,नेपाल नियमित रक्तदाता सघं केन्द्रीय बरिस्ठ उपाध्यक्ष लेखनाथ भन्डारि,नेपाल नियमित रक्तदाता सघं केन्द्रीय कोषाध्यक्ष प्रेम बहादुर सुनार (हुकुक) नेपाल रेडक्रस सोसाइटीको तर्फवाट सभापति दिपक क्षेत्री न्यौपाने , इन्चार्ज राधा ज्ञवाली लुम्बिनी फोटोगराफरहका महासचिब माधब पन्थ र पत्रकार लगायतको उपस्थित रहेको थियो।
रगत मानव जीवनमा नभै नहुने आवश्यक तत्व हो । रगतको आवश्यक्ता विभिन्न रोगहरुको उपचार गर्दा, शल्यक्रिया, दुर्घटना, प्रसुती, थालसेमिया, हेमोफोलिया, आगलागीका बिरामी, डेङ्गुलगायत अन्य बिरामीहरुलाई उपचारको क्रममा रगत आवश्यक पर्न सक्छ । कहिलेकाहीँ तुरुन्तै रगत वा रक्ततत्त्व उपलब्ध नगराएमा बिरामी बचाउन सकिंदैन ।