गुल्मीमा रगतको अभाव हुन नदिने स्वयंसेवी रक्तदान समाजको दाबी

 

प्रेम सुनार,गुल्मी ।    गुल्मीमा रगतको अभाव हुन नदिने एक संस्थाले दाबी गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको नेपाल स्वयंसेवी रक्तदान समाज गुल्मीले रगत अभावका कारण कोही पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रगत सङ्कलन गरी तैयार अवस्थामा राखिएको जनाएको छ ।

संस्थाले आइतबार नेपाल प्रहरीको श्रीमती सङ्घ ३९ औँ स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा सो विषयमा जानकारी गराएको हो । सो अवसरमा बोल्दै नेपाल स्वयंसेवी रक्तदान समाज गुल्मीका अध्यक्ष नवराज मरासिनीले आवश्यक पर्ने व्यक्तिलाई कुनै पनि बेला रगत उपलब्ध गराउन सक्षम रहेको बताए ।

 

जिल्लामा नेपाल रेडक्रस सोईटीले पनि पहिलै देखि रगत उपलब्ध गराउने पहल गर्दै आएको छ । सो संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले चौबिसै घण्टा उपलब्ध गराउनु पर्ने रगत संस्थाको सिमिति श्रोत साधनका कारण कतिपय अवस्थामा समस्या आउँदा यहाँको नेपाली, सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गदै आएको बताए। सो अवसरमा प्रहरी निरीक्षक निराजन घिमिरे, सहायक प्रहरी निरीक्षक किरण सापकोटा , प्रहरी सहायक निरीक्षक याम बहादुर राना लगायत १९ जना प्रहरीले रक्तदान गरेका थिए ।

प्रहरी सहायक निरीक्षक रानाले यो सहित १४ पटक रक्तदान गरेको बताए । रक्तदान कार्यक्रमलाई सहयोग गर्ने नेपाल स्वयंसेवी रक्तदान समाज गुल्मीका अध्यक्ष नवराज मरासिनी , केन्द्रीय सदस्य ध्रुव पाण्डे, गुल्मी अस्पतालका ल्याब टेक्निसियन लक्ष्मण पन्थी, र मनिषा अर्याललाई सम्मान गरिएको थियो । भने रक्तदान गर्ने सबैलाई कार्यक्रमका अतिथिहरूको हातबाट सम्मान पत्र हस्तान्तरण गराइएको थियो ।
श्रीमती सङ्घको स्थापना दिवसको अवसरमा गुल्मी प्रहरीले उनायचौरको पर्यटकीय क्षेत्रमा रङ्गिन फुलका बिरुवा समेत रोपण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?