अमर पन्थ,वुटवल
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्था युक्त गाउँपालिका घोषणा भएको छ । सबै वडाहरु हुँदै सिङ्गो पालिका नै पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्न गाउँपालिका घोषणा गरिएको हो ।शनिबार एक भब्य समारोहको आयोजना गरि पोषण मैत्री पालिका घोषणा गरिएको छ । पोषणमैत्री स्वास्थायुक्त गाउँपालिका घोषणा कार्यक्रमको जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गर्नुभएको थियो । उक्त अबसरमा छत्रकोट गाउँपालिकाले स्वास्थ्य अबस्था बारे वृत्तचित्र समेत प्रदर्शन गरेको थियो ।
अहिले छत्रकोट गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले छन् वहाँ नेपालकै उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा मिक्ससाइमन अबार्ड २०१७ अबाट सम्मानित समेत हुनुभएको थियो । छत्रकोटको स्वास्थ्य क्षेत्रमा गर्व गर्न लायक काम गर्नुभएका वहाँको सरल स्वभाव र उत्कृष्ट योजना निर्माण र योजनाको सफल कार्यान्वयन गर्ने क्षमताकै कारण पालिकालाई पोषणमैत्री घोषणा गर्न सफल भएको कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले बताएका छन ।
उक्त कार्यक्रममा स्थानिय उत्पादन पोषणयुक्त खाद्यपदार्थ प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रममा पालिकाका सबै वडाका स्वास्थ्य संस्थालाई प्रमाणपत्र र सम्मानपत्र समेत प्रदान गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, उपाध्यक्ष साबित्रा ज्ञवाली र प्रमुख प्रशासकिय अधिकृत विरबहादुर पुन, गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगा, धुर्कोटकि उपाध्यक्ष सीता गिरि, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, जिल्ला प्रहरी प्रमुख नविन किशोर प्रधान, जिल्ला स्वास्थ्य प्रमुख पशुपति आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई रौनकता प्रदान गर्न सांस्कृतिक प्रस्तुती समेत देखाईएको थियो ।