भुवन भुसाल, गुल्मी । प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले पत्रकार महासंघ गुल्मीले सुरु गरेको शुद्धीकरण अभियान सहि भएको र अझै शुद्धीकरण आवस्यक रहेको उल्लेख गर्नुभएको छ । प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभामा प्रमुख अतिथिको रुपमा गुल्मी आउनुभएका वहाँले यस्तो बताउनुभएको हो ।
बाटैभरी पत्रकार भेटिने समाचारमा नदेखिने पत्रकार अब महासंघको सदस्य हुन नसक्ने लम्सालले बताउनुभयो । वहाँले अब पत्रकार महासंघ मात्रै होईन प्रेस युनियनमा पनि शुद्धीकरण हुने र गरिनुपर्ने उल्लेख गर्नुभयो । नाम मात्रका पत्रकार तर काम अन्यत्रै गर्नेहरुलाई अब सदस्यता दिएर पद ओगटन नदिने वहाँले बताउनुभयो । गुल्मीमा शुद्धीकरण अभियानकै कारण महासंघको कार्यालयमा ताला लागेको छ । ताला लगाउन प्रेस युनियनकै सदस्य पनि सहभागी भएका बेला केन्द्रिय अध्यक्षले नै यस्तो अभिव्यक्ति आएपछी तरंग छाएको छ ।
प्रेस युनियन गुल्मीको जारी अधिवेशनबाट अब पत्रकारिता गर्नेहरुको मात्रै सस्था बन्न सकोस भन्ने शुभकामना दिंदै वहाँले कोहि दाइ वा नेता र लोभको पछाडि नलागी ईमान्दार भएर कर्मठ नेतृत्व चयन गर्न वहाँले सुझाव समेत दिनुभयो ।