
झरना कंडेल, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा बृहत बृक्षारोपण गरिएको छ । रुरुक्षेत्र–१ भट्कुवामा बृक्षारोपण गरिएको हो ।
पाहारपाखो सामुदायिक वन , स्थानिय संघ संस्था तथा आमा समूह हरुको संयुक्त आयोजना तथा डिभिजन वन कार्यलय गुल्मी ,र रुरु सत्यवती सब डिभिजन वन कार्यालयको सहकार्यमा आज ३ हजार बिरुवा रोपण गरिएको छ ।रुक्षेत्र गाउँपालिका वडा नं १ का सदस्य सुशील श्रेष्ठका अनुसार १ घर १० अमला अभियान अन्र्तगत १ हजार ८सय वटा अमलाको बोट, घाँस र फूलहरू गरी ३ हजार बिरुवा रोपण गरिएको छ ।
आजको कार्यक्रमका प्रमुख अतिथि रहनुभएका रुरुक्षेत्र गाउँपालिकाका प्रमुख यदु ज्ञवालीले अब को ५ वर्ष पछि अमलाको पकेट क्षेत्र र प्रशोधन केन्द्र खोली आत्मनिर्भर हुने कुरामा जोड दिनुभएको छ । उहाँले बृक्षारोपणलाई प्राथामिकतामा राखेर फलफुललाई प्रर्वद्धन गर्नेे तथा डिभिजन बन कार्यलयसंग समन्वय गरी सार्वजनिक तथा सामुदायीक जग्गालाई प्रयोग गरेर उपभोक्ताले लाभ लिने खालको दिर्घकालिन योजना बनाउने बताउनुभएको छ । अमला, तेजपत्ता, टिमुर तथा फलफुलजन्य बिरुवाहरुको रोपण गरी प्रत्यक्ष रुपमा आय आर्जन गर्न सकिने तथा यस्ताखालका बिरुवा रोप्दा बन्यजन्तु नियन्त्रणमा पनि सहयोग पुग्ने ज्ञवालीले बताउनुभएको छ ।
पाहारपाखो सामुदायिक वनका अध्यक्ष धनबहादुर सुनारको अध्यक्षता, रुरुक्षेत्र गाउँपालिका वडा नं १ का अध्यक्ष नवराज बि क र रुरु सत्यवती सब डिभिजन वन कार्यालय रिडीका प्रमुख दयाराम पौड्यालको बिशिष्ट आतिथ्यता, कार्यपालिका सदस्य लक्ष्मी भट्टराईको आतिथ्यता रहेको कार्यक्रममा स्थानिय समाजसेबी विष्णु न्यौपानेले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । जनकल्याण आमा समुहकी सचिब माया खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रुरुक्षेत्र गाउँपालिका वडा नं १ का वडा सदस्य सुशिल कुमार श्रेष्ठले गर्नुभएको थियो ।