प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।
रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहान अस्पताल पुर्याइएको र उपचारको क्रममा उहाँको बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।
पार्किन्सन जस्तै लक्षण भएको जटिल प्रकारको रोगबाट पीडित उहाँको उहाँ ६९ वर्षको उमेरमा निधन भएको हो । उहाँको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । त्यसअघि श्रद्धाञ्जलीको लागि उहाँको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।