अर्घाखाँचीका डा. श्रेष्ठ वीर अस्पतालको सहायक डीन नियुक्त

भुवन भुसाल, काठमाडौ । वीर अस्पतालमा कार्यरत वरिष्ठ न्युरो सर्जन डा. राजेन्द्र श्रेष्ठ (राष्ट्रिय चिकित्सा बिज्ञान संस्थान) वीर अस्पतालको सहायक डीन नियुक्त हुनुभएको छ । छत्रदेव ८ अर्घाखाँचीका श्रेष्ठ लामो समयदेखी वरिष्ठ न्युरो सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।

बिरामीहरु संग सहज र सरल व्यवहार गर्ने र उत्कृष्ट सर्जनहरु मध्यका एक वरिष्ठ न्युरो सर्जन डा. श्रेष्ठ सहायक डीन नियुक्त हुनुभएको हो । अर्घाखाँची जिल्लाबाट आउने बिरामीहरुलाई आफ्नै गोजिबाट खर्च गर्न समेत पछाडी नपर्ने गरेको अर्घाखाँची छत्रदेवका बिश्वास पाण्डे बताउनुहुन्छ । “डा. श्रेष्ठले आफ्नै पहलमा अर्घाखाँची जिल्लामा स्वास्थ्य उपकरण र स्वास्थ्य शिविर समेत थुप्रै पटक ल्याएर सेवा दिनुभएको छ, तसर्थ वहाँले यो पद पाउनु हामी अर्घाखाँचीबासीको लागि समेत गौरवको बिषय हो” पाण्डेले भन्नुभयो ।

न्युरो विज्ञ डा. श्रेष्ठ यस बिषयको खोज तथा अनुसन्धानमा समेत सकृय रहदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?