भुवन भुसाल, गुल्मी गुल्मीको छत्रकोट गाउँपालिकाले एसईई परिक्षामा नेपाल प्रथम भएको दावी गरेको छ । श्रीङ्गा जनता माध्यमिक बिधालयकि छात्रा स्मृती कंडेलले ४ जिपिए ल्याएर एसईई परिक्षा उतिर्ण गरे संगै गाउँपालिकाले सो दावी गरेको हो ।
गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले भर्खरै प्रकाशित नतिजामा हालसम्म ४ जिपिए ल्याएको अन्यत्र नसुनिएको र ४ जिपिए भन्दा माथीको अंकपनी नहुने भएकाले छत्रकोट ४ श्रीङ्गामा अवस्थित जनता माध्यमिक बिधालयकि छात्रा कंडेलले सो नतिजा ल्याएकाले दाबी गरिएको बताउनुभयो । यद्यपि बिधालय र पालिकाले दावी गरेपनी अहिले सम्म स्मृतिले जिल्ला, प्रदेश वा नेपालमै प्रथम नतिजा ल्याएकी हुन पुष्टि भने भएको छैन । तर हाल सम्म अरु कसैले दाबी पनि नगरेकाले स्मृती नै प्रथम भएको हुनसक्ने आंकलन भने गरिएको छ ।
त्यस्तै बिधालय व्यवस्थापन समिती अध्यक्ष रामचन्द्र कंडेलका अनुसार अहिले सम्म स्मृति कंडेलले ल्याएको जति नतिजा अन्य बिधालयमा नदेखिएकाले आफुहरुको दावी स्वभाविक भएको बताउनुभयो । बिधालयबाट गत बर्षको एसईईमा ४५ जना परिक्षार्थी सहभागी भएकोमा ४ जिपिए ल्याउने १ जना, ३.६ देखि ४ जिपिए सम्म ल्याउने ५ जना, ३.२ देखि ३.६ जिपिए सम्म ल्याउने ५ जना, २.८ देखि ३.२ जिपिए सम्म ल्याउने ७ जना, र १.६ देखि २.८ जिपिए सम्म ल्याउने बिद्यार्थी संख्या २८ जना रहेको बिधालय व्यवस्थापन समिती अध्यक्ष कंडेलले बताउनुभयो ।
सो नतिजा बाट बिधालय परिवार उत्साहित बनेको बताउँदै प्रधानाध्यापक बिकास चन्द्र खरेलले यो नतिजालाई आगामी दिनमा कायम राख्दै अझै धेरै बिद्यार्थीको नतिजा उत्कृष्ट बनाउन उर्जा मिलेको प्रतिक्रिया समेत दिनुभयो । सामुदायिक बिधालयले नै उत्कृष्ट नतिजा ल्याएपछी अहिले यस क्षेत्रमा व्यवस्थापन मात्रै राम्रो गर्न सके सामुदायिक बिद्यालय अझै अब्बल बन्न सक्ने चर्चा सुरुभएको छ ।