छत्रकोटमै कक्षा ११/१२ अध्ययन गरे पुर्ण छात्रवृत्ति दिने अध्यक्ष पाण्डेको घोषणा

भुवन भुसाल, गुल्मी  गुल्मीको छत्रकोट गाउँपालिकाले कक्षा ११/१२ छत्रकोट गाउँपालिकामा नै अध्ययन गरे पुर्ण छात्रवृत्ति दिने भएको छ । यो सुबिधा प्राप्त गर्न एसईई परिक्षामा २.८ जिपिए भन्दा माथी ल्याएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

 

एसईई परिक्षाको नतिजा सार्वजनिक हुने बित्तिकै एक बधाई तथा शुभकामना संदेश जारी गर्दै छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले ले यस्तो घोषणा गर्नुभएको हो  । छत्रकोट गाउँपालिकाका अनुसार पालिकामै अध्ययन गर्न चाहाने आर्थिक रुपमा बिपन्न र जेहेन्दार बिद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गरिने छ ।

 

छत्रकोटले पालिकाकै बिधालयमा कक्षा  ११/१२ अध्ययन गर्न समेत बिद्यार्थीहरुमा अनुरोध गरेको छ । छत्रकोटले यो योजना ल्याए संगै सामाजिक संजालमा युवा पलायन रोक्न यो कदम कडि हुन सक्ने भन्दै प्रसंसा गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?