सुदर्शन पन्थ, गुल्मी । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डिजिटल उपकरण प्रदान गरेको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज एक कार्यक्रमका बिच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सत्यवती माध्यमिक विद्यालय र सत्यवती गाउँपालिका वडा नं ५ हँसरालाई कम्प्युटर सेट १ थान, कलर प्रिन्टर १ थान र प्रोजेक्टर १ थान हस्तान्तरण गरेको हो ।
बैंकका क्षेत्रीय प्रबन्धक कृष्णहरी भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा सत्यवती गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष बाबुराम ज्ञवालीको प्रमुख आतिथ्यता , सत्यवती माध्यमीक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लिल बहादुर क्षेत्रीको विशेष आतिथ्यता रहेको थियो । बिद्यालयका सहायक प्रधानध्यापक भिमलाल भण्डारी आतिथ्यता रहेको उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष लेकनाथ भण्डारी , शिक्षक प्रतिनिधि केशवराम आचार्य , हँसराका वडा सदस्यहरु ऋषिराम भन्डारी , नारायण प्रसाद भन्डारी हरिशोभा बुढाथोकी , सीता परियार , विद्यालय व्यवस्थापन समितिका सम्पुर्ण पदाधिकारी , विद्यार्थी , अभिभावक , शिक्षक , बैंकका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
बैंकका खैरेनी शाखा कार्यालय गुल्मीमा कार्यरत कर्मचारी हरी प्रसाद मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहायक प्रधानध्यापक भिमलाल भण्डारी , विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिल बहादुर क्षेत्री , वडाअध्यक्ष बाबुराम ज्ञवाली लगायतका बक्ताले आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकले सराहनीय काम गरेको र विद्यार्थीको पठनपाठनमा समेत प्रभावकारी र सकारात्मक भूमिका खेल्ने भएकाले बैंकलाई धन्यवाद दिदै उज्वल भविष्यको कामना समेत गरेका थिए । कार्यक्रमको सञ्चालन बैंकका खैरेनी शाखाका प्रवन्धक भुवन श्रेष्ठले गरेका थिए ।