बागलुङमा ढुँगाले हानेर एक व्यक्तिको हत्या

बागलुङको छ्यान्तुङमा ढुँगाले हानेर एक व्याक्तिको हत्या गरिएको छ । ढोरपाटन नगरपालिका वडा नं ६ छ्यान्तुङका ५० बर्षिय सत बहादुर बिकको हत्या गरिएको अवस्थामा बारिमा शव फेला परेको प्रहरीले जनाएको छ ।

 

शुक्रबार बिहान बारीमा सत बहादुरको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।घटनास्थल पुगेको प्रहरी टोलीले घटनामा सँलग्न रहेको आसंकामा मृतकका भाई स्थानीय मन बहादुर बिक लाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

 

प्रहरीका अनुसार मृतक बिकको टाउको र अनुहारमा चोट रहेको पाइएको छ। ढुँगा प्रहार गरि हत्या गरिएको हुन सक्ने भएपनी थप अनुसन्धानबाट खुल्ने प्रहरीको भनाई छ । टाउकोमा गम्भिर चोट देखिएका कारण ढुँगाले हानेर हत्या गरिएको हुन सक्ने स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?