गुल्मीमा धान रोप्ने चटारो, धान दिवसको उल्लास ( फोटो फिचर )


भुवन भुसाल, गुल्मी
गुल्मीको गुल्मीदरवार गाउँपालिकाको २५ मुरेमा राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाईएको छ ।
रोपाइँ महोत्सव २०८० को अवसरमा गुल्मीदरबार गाउँपालिका र कृषि ज्ञानकेन्द्र गुल्मीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा ढेंगा, कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले एकैसाथ धान रोपेर दिवसको सुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, र स्थानियको बाक्लो उपस्तिथि रहेको थियो ।

परम्परागत रुपमै गोरुले जोतेर, खोक लगाएर गरिएको रोपाइँ महोत्सवमा पन्चेबाजा समेत बजाईएको थियो भने स्थानिय महिलाहरुले वाली गित समेत गाएर मनोरञ्जन गर्दै रोपाई गरेका थिए । महोत्सवलाई रौनकता प्रदान गर्न कर्मचारी र जनप्रतिनिधि बीच रसि तान्ने प्रतियोगिता र कबड्डी प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

कार्यक्रम कै बिच संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकामा किसान संगै पालिका परिवार पनि छ भन्ने संदेश दिन यो कार्यक्रमको आयोजना गरिएको बताउँदै पालिका भित्रको खेतीयोग्य जमिन बाँजो नराख्न पालिकाले नीति समेत बनाएको जानकारी दिनुभयो ।

त्यस्तै ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले प्रत्येक वर्ष गुल्मीमा धान उत्पादन घट्दै गईरहेको बताउँदै यसको उत्पादन र उत्पादकत्व बढाउन कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरिरहेको उल्लेख गर्नुभयो । कृषि ज्ञान केन्द्रले रैथाने जातको धान संरक्षण गर्न बीउ बितरणका कार्यक्रम समेत गरिरहेको बताउनुभयो ।

गुल्मीदरवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले राष्ट्रिय दिवसलाई पालिकाले पनि महत्व दिंदै जिल्ला स्तरिय कार्यक्रम गुल्मीदरवारमा संचालन गरिएको बताउनुभयो ।

यश बर्ष ढिला गरि पानी पर्दा गुल्मी जिल्लाभर जम्मा ९ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । गत बर्ष यहीँ अवधिमा २६ प्रतिशत धान रोपाई सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?