एक जना यात्रुको स्वागत र बिदाइ गर्न तीन जनामात्रै बिमानस्थल जान पाउने

एक जना यात्रुको स्वागत र बिलाई गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन परिसरमा भिड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जनामात्रै जान पाउने निर्णय गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् ।

 

टर्मिनल भवनमा धेरै भिड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेको भन्दै उक्त निर्णय गरिएको उनको भनाई छ । अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भिड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको भिड लाग्ने गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?