गोबिन्द झाक्री, गुल्मी। गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर– ८ फल्लेनीका ३९ वर्षीया विष्णु विकको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शनिवार राति आफ्नै घरको आँगनमा चट्याङ लागेर घाइते भएकी विकलाई प्राथमिक स्वास्थ्य केन्द्र ईस्मा रजस्थल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । प्री मनसुन र मनसुनको समयमा चट्याङका घटना धेरै हुने भएकाले सावधानी अपनाउन बिज्ञहरुले आग्रह गर्दै आएका छन ।