गुल्मीको रुरुक्षेत्रको नीति कार्यक्रम, कृषि, पशुपालन, पर्यटन र युवा लक्षित कार्यक्रम

भुवन भुसाल गुल्मी , गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि, पशुपालन, पर्यटन र युवा लक्षित कार्यक्रम कार्यक्रमलाई जोड दिंदै गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

कृषि तर्फ

गाउँ सभाको १४ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष यदु ज्ञवालीले कृषि तर्फ गरिब संग बिश्वेस्वर कार्यक्रमलाई बिस्वासिलो र भरपर्दो बनाईने उल्लेख गर्नुभयो । रुरुक्षेत्रले रुरुक्षेत्र भित्र रहेका किसानको सुची तयार गरि कृषक वर्गिकरण गरि कृषकलाई बिमा, प्राविधिक सहयोग, रोग पहिचान र तालिम संचालन गर्ने भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन कार्यक्रमलाई अझै व्यवस्थित गर्ने उल्लेख गरिएको छ । त्यस्तै गाउँपालिकाको डम्पिङ साईट क्षेत्रमा जैविक मल उत्पादन गर्ने भएको छ ।
जंगली जनावरको आतंक नियन्त्रण गर्न आवस्यक कार्यक्रम संचालन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पशुपालन

पालिकाले पशुपालन तर्फ गोठ सुधार, प्रांगारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने, पशुपंक्षी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने, कृत्रिम गर्भधान सेवा, डाले घाँस, भुँईघास उत्पादन प्रोत्साहन, उन्नत जातको बोका बितरण, उत्पादनमा आधारित अनुदान लगायतका कार्यक्रमलाई तिति तथा कार्यक्रममा समावेश गरेको छ ।

लघु उद्यम

गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले लघु, घरेलु, साना उद्योग तथा वाणिज्य सम्बन्धि नीति समेत सार्वजनिक गर्नुभयो । नितिमा स्थानिय कच्चा सामाग्री प्रयोग गरेर बजारको मागको आधारमा व्यवसाय संचालनको लागि एकीकृत सेवा उपलब्ध गराउने उल्लेख गर्नुभयो । परम्परागत सिपलाई सहयोग गरि उन्नत प्रबिधि संग जोड्ने नीति रुरुक्षेत्रले ल्याएको छ ।

पर्यटन तर्फ

रुरुक्षेत्रले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रुरुक्षेत्र धाम, शृङ्गेश्वर तपोभुमि, र बंघाकोटलाई पर्यटकिय क्षेत्र बनाउन पुर्वाधार निर्माण गरिने उल्लेख गरिएको छ । गाउँपालिकाका विभिन्न स्थानमा प्राचीन वस्तु, धर्म, सस्कृती झल्किने होडिङ्ग बोर्ड राख्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  पर्यटन प्रवर्द्धन गर्न वडा न १ को रिडि, वडा नं २ को अचमेस्वर, शिद्दबाबा, कृष्ण डाँडा मन्दिर, वडा न ३ को जम्मुवान गुफा, वडा नं ६ को बंघाकोट र वडा नं ४ को शृङ्गेश्वर क्षेत्रलाई एकमुष्ठ गन्तव्य स्थान बनाईने उल्लेख गरिएको छ ।

युवा लक्षित

रुरुक्षेत्रले युवाहरुलाई मागका आधारमा व्यवसायिक तालिम प्रदान गर्ने भएको छ ।  युवाहरुलाई सीप मार्फत व्यवसायमा जोड्न उनिहरुकै चाहाना बमोजिम सीप सिकाउने रुरुक्षेत्र गाउँपालिका अध्यक्ष ज्ञवालीले बताउनुभएको छ । रुरुक्षेत्रले पालिकाले गर्ने बिकास निर्माणका काममा स्थानिय युवाहरुलाई रोजगारी दिने नीति अख्तियार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?