गुल्मीको छत्रकोटमा साइलेज तालिम सुरु, उत्साहजनक सहभागीता


गोबिन्द झाँक्री, गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकामा साइलेज बनाउने तालिमको सुरुवात भएको छ । नवप्रभात युवा संघको आयोजनामा छत्रकोट ३ मा अवस्थित कृषि तथा पशु कार्यालयमा महिलाहरुको लागि साइलेज उत्पादन तालिम बुधबार देखी सुरु भएको छ । छत्रकोट गाउँपालिकाका महिलाहरुको उत्साहजनक सहभागीता तालिममा रहेको आयोजक नवप्रभात युवा संघले बताएको छ ।

 

नवप्रभात युवा संघका कार्यक्रम संयोजक धातानन्द भुसालले पशु पाल्ने किसानलाई घाँसमा आत्मनिर्भर बनाउन यो तालिम ल्याईएको बताउँदै लक्षित उद्देश्य प्राप्तिका निम्ति प्रतिबद्ध हुन सहभागीहरुलाई आग्रह गर्नुभयो । भुसालले तालिमका निम्ति छत्रकोट गाउँपालिकाले सहजीकरण गरेको र महिला तथा बालबालिका मन्त्रालयले आर्थिक सहयोग गरेको जानकारी समेत गराउनुभयो ।

 

तालिमलाई संबोधन गर्दै उदघाटन कार्यक्रमकि प्रमुख अतिथि एवम् छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले छत्रकोट गाउँपालिका किसानहरु संग जोडिएर काम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उपाध्यक्ष ज्ञवालीको भनाई थियो  “गाउँपालिकाले आगामी बर्षको नीति तथा कार्यक्रममा किसान संग प्राबिधिक कार्यक्रम राखेकाले किसानलाई प्राबिधिक ज्ञान, आवस्यक सामाग्रीको सहयोग, र बजारीकरणको निम्ति थप योजना बनाएको छ, तपाईंहरुले सिक्न प्रतिबद्ध बन्नुहोस, सिकेपछी व्यवसायिक बन्ने प्रयन्त गर्नुहोस” ।

 

कार्यक्रममा आफ्नो भनाई राख्दै पशु प्राबिधिक एव छत्रकोट पशु शाखा प्रमुख टेक बहादुर खनालले सिजनको हरियो घाँसलाई उस्तै पौष्टिकतामा बर्षभरी खुवाउन मिल्नेगरी बनाईएको घाँस नै साइलेज भएको बताउँदै पशु पालन गर्ने किसानलाई यो तालिम अत्यावश्यक भएको उल्लेख गर्नुभयो ।

वहाँले मकै,कोसे र नकोसे बाली, नेपियरका विभिन्न प्रकारबाट साइलेज बनाईने भएकाले पशुपालन गर्ने किसानलाई साइलेजले घाँसको अभाव हुन नदिने उल्लेख गर्नुभयो । बुधबार देखि सुरुभएको तालिम ५ दिन सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?