झरना कंडेल, गुल्मी
गुल्मीको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक बर्ष नया सडकको ट्र्याक नखोल्ने भएको छ । आज आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले अत्यावश्यक बाहेक नयाँ ट्र्याक खोल्ने कार्यलाई न्यूनीकरण गर्दै ट्र्याक खोलिएका सडकको स्तरोन्नती गरिने बताएका छन ।
आज गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । गाउँपालिकाले १५ औं गाउँसभामा आज आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पेश गरेको थियो । निति तथा कार्यक्रममा कुनैपनी सभा सदस्यले धारणा राखेनन र सर्वसम्मत पास भएको हो ।
के छ त छत्रकोटको नीति तथा कार्यक्रममा हेर्नुहोस पुर्ण पाठ सहित ।