भुवन भुसाल, गुल्मी ।जिल्लाको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको १५ औं अधिवेसनमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
आगामी आर्थिक बर्षको नीति प्रस्तुत गर्दै छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले कृषक संग कृषि तथा पशु प्राबिधिक कार्यक्रम संचालन गरि हरेक महिनाको २ पटक कृषि र पशु प्राबिधिकबाट कृषकको गोठ,खेत र बारिमा नै पुगेर परामर्श, राय, सुझाव तथा सेवा प्रदान गर्ने उल्लेख गरेका छन ।
साथै छत्रकोट गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
छत्रकोटले बाँदर नियन्त्रणको लागि बाँदरलाई बनमा भुलाउन जंगलमा फलफुल रोप्ने, जंगल नजिक रहेको खेतीयोग्य जमिनमा जंगली जनावरले नखाने खेती लगाउन प्रोत्साहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै छत्रकोटले खेत बारीको नजिक रहेका अनावश्यक झाडी तथा बुट्यानहरु हटाउन प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।
छत्रकोट गाउँपालिकाको सभाहलमा पालिका अध्यक्ष पाण्डेयले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन ।