बिवादपछि सर्यो रास्वपाको रुरुक्षेत्र सम्पर्क कार्यालय

भुवन भुसाल, गुल्मी ।गुल्मीको रिडिमा सरकारी भवनमा अनाधिकृत रुपमा राखिएको राष्ट्रिय स्वतन्त्र पार्टिको बोर्ड हटाउन रुरु प्राथमिक स्वास्थ्य केन्द्रले पत्राचार गरेको केही छिनमै पार्टी कार्यालय स्थानान्तरण गरिएको छ । हुतराज गौतमलाई संबोधन गरेर लेखिएको पत्रमा सम्झौता बिपरित हुनेगरी पार्टीको बोर्ड राखिएको प्रती ध्यानाकर्षण भएको भन्दै हटाउन भनिएको थियो । पत्र प्राप्त भएको केही समयमै पार्टिको सम्पर्क कार्यालय तत्काल स्थानान्तरण गरिएको पार्टिका रुरुक्षेत्र गाउँपालिका अध्यक्ष गुतराज गौतमले जानकारी दिएका छन ।

स्वास्थ्य केन्द्र प्रशासनले थमाएको पत्रमा लेखिएको थियो “प्रस्तुत सम्बन्धमा यस कार्यालय र तपाई श्री हुतराज गौतमको सम्झौतमा यस कार्यालयको खाली कोठाहरु भाडामा लिनुभएको व्यहोरा अवगत नै छ । उक्त स्थानमा भाडामा लिइरहदा हजुरले भवनमा एउटा पार्टीको बोर्ड राख्नुभएको देखिन आएको छ । सरकारी कार्यालयमा कुनै पनि पार्टीको झण्डा तथा व्यानर राख्न नमिल्ने साथै सम्झौताको अन्तिम बुदामा उल्लेख भए अनुसार यस कार्यालयको अनुमति बिना राख्नुभएको हुदा उक्त बोर्ड निकालिदिनुहुन अनुरोध छ ।” अस्पतालका निमित्त प्रमुख डा. बालकृष्ण चौधरीको हस्ताक्षर रहेको पत्रमा यदि यस अनुरोधलाई अटेर गरेमा कानुन अनुसार लैजाने व्यहोरा जानकारी गराइन्छ समेत उल्लेख गरिएको छ ।

 

 

अस्ति मात्रै रिडिमा राष्ट्रिय स्वतन्त्र पार्टिले सहमती बिनै सरकारी भवनमा आफ्नो बोर्ड राखेपछी यसको पक्ष र बिपक्षमा चर्चा सुरु भएको थियो । स्वतन्त्र पार्टिका रुरुक्षेत्र गाउँपालिका सभापति हुतराज गौतमले पत्र प्राप्त हुनासाथ कार्यालय स्थानान्तरण गरिएको बताएका छन सामाजिक संजाल मार्फत जानकारी राख्दै उनले “राष्ट्रिय स्वतंत्र पार्टीको संपर्क कार्यालयको बोर्ड सरकारी भवनमा राखेको,सरकारी भवन नै कब्जा गरेको भनी विभिन्न सञ्चार माध्यम,सामाजीक सञ्जालमा आएकोमा राष्ट्रिय स्वतंत्र पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ। यस विषयमा हामिले रुरू प्रार्थमिक स्वास्थ्य केन्द्रसँग भएको सम्झौता अनुसार उक्त बोर्ड राख्न नमिल्ने भनी पत्र प्राप्त भएकोले आजैका मिती बाट हाम्रो पार्टीको संपर्क कार्यालयको बोर्ड (रिडी बजारमा)रूरु मिष्ठान्न
भण्डार रहेको भवनमा सारिएको जानकारी गराउन चाहन्छु। साथै विभिन्न राजनैतिक दलहरुले आफ्ना राजनैतिक कार्यक्रमहरु सरकारी स्कूल,स्वास्थ्य संस्थाहरुमा गर्दै आइरहेको तपाईहामी सबैले देखेका छौँ,त्यसकारण अब त्यस्ता गतिविधिहरु सरकारी भवनहरूमा हुन नदिन सम्पूर्ण राजनैतिक दलहरु एवम सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछु।” लेखेका छन ।

आफ्नो क्रियाकलापको आलोचना हुने बित्तिकै सच्याउने गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले रुरुक्षेत्रमा पनि सोही कामलाई निरंतरता दिएपछी नागरिकहरु नयाँ र पुरानोको फरक यहीँ हो भन्दै रास्वपाको पक्षमा देखिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?