गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टिको दादागिरी, सरकारी भवन हडप्यो

भुवन भुसाल, गुल्मी।  गुल्मीमा राष्ट्रिय पार्टिले दादागिरी देखाएको छ । नयाँ र परिवर्तनको छनक देखाएको पार्टी पुरानोको पनि बाउ बनेको तथ्य गुल्मीमा देखिएको गुल्मीवासीले बताएका छन् ।

 

गुल्मीको रिडि बजारमा रहेको रिडि प्राथामिक स्वास्थ्य केन्द्रको भवनमा हिजो मंगलबार एकाएक राष्ट्रिय स्वतन्त्र पार्टिको कार्यालय देखियो । रिडि प्राथमिक स्वास्थ्य केन्द्रले नमस्ते चस्मा पशललाई पशलका लागि घर भाडामा दिएको थियो तर उहीँ पसलका मालिक हुतराज गौतमले आफू राष्ट्रिय स्वतन्त्र पार्टिमा प्रबेश गरेपछी भवनको दुरुपयोग गरेको स्थानियको दुखेसो छ ।

 

स्वास्थ्य सस्थाको भवन हो कि पार्टी कार्यालय अहिले त्यहाँका स्थानियले प्रश्न गरिरहेका छन । अचम्मको कुरा त के भने स्वास्थ्य सस्था संग अनुमती नै नलिई स्वतन्त्र पार्टिले छापामार शैलीमा भवन हडपेर आफ्नो बोर्ड राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?