छत्रकोटले नागरिक सक्रियतालाई जोड दिंदै, बजेटमा अनलाईन बाट पनि सुझाव लिने

भुवन भुसाल, गुल्मी

छत्रकोट गाउँपालिका गुल्मीले आगामी आर्थिक बर्षको बजेटमा समेट्नुपर्ने बिषयको सुझाव मागेको छ । एक सार्वजनिक सुचना जारी गर्दै पालिकाले सुझाव माग गरेको हो ।

सुचनामा छत्रकोट गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमाका सम्बन्धमा वार्षिक नीति, बजेट तथा कार्यक्रमलाई बढी जनमुखी र प्रतिफलमुखी बनाई जनअपेक्षा सम्बोधन गर्न सुझाव एवं राय मागिएको छ ।

 

छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले हस्ताक्षर गरेको सुचना जारी गर्दै पालिकाले छत्रकोट भित्रका सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवी, संघ-संस्था, उद्यमी, व्यवसायी, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, क्लब, आमा समूह लगायत आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्वपूर्ण हुने भएकोले सुझाब दिन आग्रह गरेको छ ।

 

पालिकाबाट टाढा रहेकाहरुलाई सजिलो होस भन्नका लागि छत्रकोटले ईमेल मार्फत सुझाव दिन आग्रह गरेको हो । “आगामी आ.व. ०८०/८१ को वार्षिक नीति, बजेट तथा कार्यक्रममा सम्बोधन गर्नुपर्ने सम्पूर्ण विषयवस्तुहरुमा यहाँहरुको अमूल्य राय सुझाव गाउँपालिकाको कार्यालय, इमेल ठेगाना: [email protected], गाउँपालिकाको फेसबुक पेज र संचारका अन्य माध्यमबाट उपलब्ध गराइदिनुहुन सम्बन्धित सरोकारवाला सबैमा अनुरोध छ” सुचनामा भनिएको छ ।

 

पालिकाका हरेक गतिविधिमा नागरिक सक्रियतालाई प्राथामिकतामा राख्ने गरेको छत्रकोटले यस अगाडि विभिन्न ठाउँमा पुगेर सुझाव संकलन समेत गरिरहेको छ ।

सुचना जस्ताको तस्तै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?