झरना कंडेल काठमाडौं ।
रेसुङ्गा नगपालिकाले नगर भित्र रहेका प्रतिनिधि मुलुक कृयाशिल युवाहरूबाट सुझाव संकलन गरेको छ । समृद्ध अनि समुन्नत रेसुङ्गा नगर निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०र२०८१ को नीति, योजना, कार्यक्रम र बजेट निर्माणको चरणमा प्रतिनिधि मुलुक कृयाशिल युवाहरूलाई निमन्त्रणा गरी सल्लाह तथा सुझाब संकलन गरेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताएका छन् ।
“उहाँहरुबाट प्राप्त मनन योग्य सुझावहरु हाम्रो लागि मननयोग्य छन् जतिसक्दो समेट्ने प्रयासमा हामिहरु रहनेछौँ , उनले भने । तपाईंहरुबाट प्राप्त सुझाव र सल्लाहहरु केबल एक आर्थिक वर्षका योजनाहरुका लागि मात्र नभई हामीले नगरको अल्पकालीन आवश्यकतालाई परिपुर्ति गर्दै दिगो विकासको लक्ष्य निर्धारणका लागि अमृततुल्य छन्। हाम्रा लक्ष्यहरू हाम्रो सहभागीताले मात्र पुरा हुनेछन्। समृद्ध अनि समुन्नत रेसुङ्गा नगर निर्माणको लागि आफ्ना अमुल्य सुझाब र सल्लाहहरूको लागि हार्दिक अनुरोध गर्दछौं ।”