गुल्मीमा एक बुबाले आफ्नै छोराको नाक काटिदिएका छन् । जिल्लाको इस्मा गाउँपालिका–३ तोरीपाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले आफ्नै छोरा वर्ष ३२ का बाबुराम सार्कीको नाक काटिदिएका हुन् ।
घरायसी विवादका कारण झगडा हुँदा हसिया प्रहार गरेर उनले छोराको नाक काटीदिएका छन् । छोरा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नबिनकिशोर प्रधानले जानकारी दिए ।
हसिया प्रहारबाट गम्भीर घाईते भएका उनको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रधानले बताए । घटनामा सम्लग्न दिल बहादुर हसिया सहित प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।