छत्रकोटले काठमाडौ पुगेर गर्यो सुझाव संकलन, पालिकाबासीको उल्लेख्य सहभागीता

भुवन भुसाल, काठमाडौ

गुल्मीको छत्रकोट गाउँपालिकाले काठमाडौ पुगेर पालिकाबासी संग सुझाब संकलन गरेकी छ । आगामी आर्थिक बर्षको बजेट निर्माणको पुर्वसन्ध्यामा पालिकाबासी नागरिक संग अन्तर्कृया गरेको छ । काठमाडौको बुद्धनगर पार्टी प्यालेसमा आयोजना गरिएको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा पालिकावासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा संचालित कार्यक्रममा उपाध्यक्ष साबित्रा ज्ञवाली, विभिन्न वडाका वडाका वडा अध्यक्षहरु, विभिन्न क्षेत्रका बिज्ञको समेत सहभागीता थियो । कार्यक्रमलाई सुरुमै संबोधन गर्दै पालिका अध्यक्ष पाण्डेयले आफुहरु निर्वाचित भएको एक बर्षमा गरेका साना देखि ठुला कामहरुको फेहरिस्त प्रस्तुत गर्दै शिक्षाको क्षेत्रमा अपेक्षित सफलता प्राप्त गर्न नसकेको स्विकार गरेका छन ।

 

पालिकामा आउने नागरिकको सेवाको लागि हेल्प डेस्कको स्थापना, निशुल्क फोटोकपी, जसको जग्गा उसैको आकास भन्ने मान्यताले अरुको जग्गामा झापस हुनेगरी रुख राख्न नपाईने नियमको कार्यान्वयन, निशुल्क स्वास्थ्य चेकजाँच एवं उपचारको काम गरेको, थप २ एम्बुलेन्स खरीद गरि संचालनमा ल्याएको लगायतका प्रगति बिवरण प्रस्तुत गरेका छन ।

जानकारी राख्दै अध्यक्ष पाण्डेयले १३ सय मिटर नयाँ सडक पिच गरिएको जानकारी समेत गराएका छन । झन्डै २ करोड लगानिमा काउले काभ्रेमा करिव ५ हजार ८ सय कागती र सुन्तलाका बिरुवा रोप्ने काम सुरुवात गरिएको जानकारी अध्यक्ष पाण्डेयले गराएका छन । ५२ सय ७७ घर परिवारलाई २० युनिट सम्मको विद्युत महशुल पालिकाले तिरिदिने व्यवस्था गरेको जानकारी गराएका छन ।

 

कार्यक्रममा बोल्ने अधिकांसले शिक्षा सुधार्न सल्लाह दिएका छन । गाउँमै गुणस्तरीय शिक्षाको प्रवन्ध गरेर बसाइँसराइ रोक्नुपर्ने अधिकांसको माग छ । कार्यक्रममा सहभागीहरुले केहिले बाटो बिस्तार गर्दा घर नफालिदिन आग्रह गरेका छन भने केहिले गाउँगाउँमा नसर्ने रोगबाट मानिस आक्रान्त बनेको भन्दै सचेतना र रोकथामको निम्ति काम गर्न सुझाव दिएका छन ।

कार्यक्रममा सहभागीले बसाइँसराइ रोक्ने ठोस योजना बनाउन र कृषी गरेर गाउँमै आम्दानी गर्ने वातावरण बनाउन आग्रह समेत गरेका छन । स्थानिय पाठ्यक्रम निर्माण गर्न, किताबको ज्ञान मात्र नभई अतिरिक्त कृयाकलापमा पनि बिद्यार्थीलाई सहभागी गराउन, सिपमुलक शिक्षा लागू गर्न आग्रह गरेका छन ।

बजेट निर्माण गर्नुपुर्व आफुहरु संग राय लिएर पालिकाले आफुलाई पनि अपनत्व हुने बनाएकोमा पालिकालाई सहभागिले धन्यवाद व्यक्त गरेका छन । विभिन्न क्षेत्रका बिज्ञ समेत सहभागी भएर राय, सल्लाह, सुझाव दिएकाले कार्यक्रमले अपेक्षित नतिजा प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?