छत्रकोटले शनिबार काठमाडौमा रहेका पालिकाबासी संग अन्तर्कृया गर्दै, सुझाब लिएर बजेट बनाउने

भुवन भुसाल, गुल्मी

गुल्मीको छत्रकोट गाउँपालिकाले काठमाडौमा रहेका छत्रकोट गाउँपालिकाबासी संग अन्तर्कृया गर्ने भएको छ । पर्सि सनिवार दिउँसो काठमाण्डौको बुद्धनगर पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम अपराह्न ३ बजेदेखी सुरु हुनेछ ।

काठमाडौ लाई कर्मक्षेत्र बनाएर बसेका आफ्ना नागरिक संग अन्तर्कृया गर्ने योजना बनाईएको काठमाडौमा रहेका गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले जानकारी दिएका छन ।

 

गाउँपालिकामा आफू निर्वाचित भएका कामको जानकारी, आफ्ना भावी योजना, काठमाडौमा रहेका आफ्ना नागरिकहरु संग सल्लाह सुझाव लिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । नयाँ आर्थिक वर्ष नजिकैदै छ, पालिका बाहिर बस्ने कति धेरै बौद्धिक व्यक्तित्वहरु हुनुहुन्छ, उहाँहरु सबैको बिचार र सुझाव सुनेर बजेट बनाउनु पर्छ भनेर सुझाव संकलन गर्न लागिएको हो देश दर्शन संग कुरा गर्दै पाण्डेयले भने ।

 

आफू काममै व्यस्त भएपनी छत्रकोटको समृद्धिको निम्ति समय निकालेर कार्यक्रममा सहभागी हुन अध्यक्ष पाण्डेयले आग्रह गरेका छन । अरुले गरेको आलोचना र सल्लाहलाई सकारात्मक रुपले ग्रहण गर्ने गरेको छत्रकोटले हरेक योजनाको कार्यान्वयनमा नागरिक सहभागीतालाई मुख्य स्थान दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?