छत्रकोट: स्वास्थ्य केन्द्रमा फोहोर, नागरिकको खबरदारी, केन्द्रको विज्ञप्ति

आईतबार बिहान गुल्मी छत्रकोट गाउँपालिका वार्ड न ४ का स्थानिय युवा एवं पत्रकार अमर पन्थले फेसबुकमा २ वटा तस्बिर सार्वजनिक गरे । तस्बिरमा वास सिंक र अस्पतालको बेड थियो तर सार्है फोहोर । तस्बिरमा देखाईएको सिंकमा हात धुन जाँदै बमिट होला जस्तो अस्पतालको बेडमा सुते अझै बिमार परिएला जस्तै तस्बिर राखेर उनले अनुगमन पक्ष फितलो हुँदा दुर्दशा भएको आसयको क्याप्सन समेत लेखे ।

 

तस्बिर सार्वजनिक भएको एक्कैछिन शृङ्गा प्राथामिक स्वास्थ्य केन्द्र नामको फेसबुक पेजमा यस्तो स्टाटस आयो ।

 

गलत भएको स्विकार्दै अब सुधार्ने भनिएको स्टाटसमा नागरिकले पनि आक्रोश पोखे अनि एक्कैछिनमा स्टाटस गायब भयो ।

 

 

त्यसको केही घण्टापछी छत्रकोट गाउँपालिकाको शृङ्गा स्वास्थ्य केन्द्रले विज्ञप्ति नै निकाल्यो तर गलत भएको स्विकारेन बरु नागरिकले लेख्दा अध्यक्ष वा उपाध्यक्षको मानमर्दन भएको बताएको छ । त्यत्ती मात्र होईन उक्त विज्ञप्तिमा यस्तो कार्यले कसैको हित नहुने  लेखिएको छ । केहि समय पहिला ध्यानाकर्षण भएको र सुधार गर्ने स्टाटस लेखेको केन्द्रले स्टाटस हटाएर “कसैको हित गर्दैन” लेखेको छ ।

 

नागरिकले खबरदारी गर्दा अध्यक्ष उपाध्यक्षको मानमर्दन हुने देखेका केन्द्रका कार्यालय प्रमुख डा. बिवेक बिराट खनालले आफू दैनिक बस्ने केन्द्रको फोहोर देखेनछन सायद । त्यसैले फोहोर सफा गरेर ल है सफा भयो भन्दै देखाउन छोडेर विज्ञप्ति बनाई सार्वजनिक गर्न तर्फ लागे र आफैले हस्ताक्षर गरेर यस्तो बिज्ञप्ती सामाजिक संजालमा राखे ।

 

उक्त विज्ञप्ति शेयर गर्दै स्थानिय राज कडेल लेख्छन “अस्पतालमा सरसफाइ राम्रो नभएको भनेर प्रमाण सहित आफ्नो जनप्रतिनिधिलाई मेन्सन गरेर ध्यानाकर्षण गराउँदा यस्तो धम्किपुर्ण शव्द (कसैइको हित नगर्ने टाइपको) प्रयोग गर्दै विज्ञप्ति निकाल्नु कहाँ सम्मको लाचारी पन होला कार्यालय प्रमुखको ? सकभर आफ्नो जिम्मेवारी आफै देखेर पूरा गर्नुस होइन भने कमजोरी उजागर गर्नेलाई सम्मान गर्नुस हतोत्साहित होइन ।”


एउटै स्टाटसले हलचल मच्चिने स्वास्थ्य केन्द्र नागरिकले पटक पटक खबरदारी गर्दा पनि किन सच्चिने जाँगर गर्दैन होला ? यो प्रश्न फेरि नागरिकले गरिरहेकै छन । जे होस पटक पटक भेटेरै सल्लाह दिदा नमान्नेहरु फेसबुकको एउटै स्टाटसले हल्लिन्छन भन्ने उदाहरण यहीँबाट देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?