छत्रकोटमा नगरिकको खबरदारीपछी आयो सुधार्ने प्रतिबद्दता

श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र छत्रकोट गुल्मीमा यत्रतत्र फैलिएको फोहोर र अस्तव्यस्त संरचनाका तस्वीर सामाजिक संजालमा आएसँगै स्वास्थ्य केन्द्रले सुधार गर्ने प्रतिबद्धता जनाएको छ । सरसफाई र व्यवस्थापनका विषयमा पटक पटक कमजोरी गर्दै आएको स्वास्थ्य केन्द्रमा रहेका प्रसुती कक्ष, साधारण उपचार कक्ष, शौचालय लगायतका संरचना फोहोरको डङ्गुरले भरिएका छन् ।

सामाजिक संजालमा सार्वजनिक भएका तस्वीरहरुमा बिरामी राख्ने बेड र बेसिन धुलो र ढुसीले भरिएका देखिन्छन् । स्थानीय पत्रकार अमर पन्थ लगायतले सोमबार बिहान फेसबुकमा साझा गरेका ती तस्बीरसहितको स्ट्याटसमा भद्रगोल व्यवस्थापनको आलोचना गरिएको छ ।
स्ट्याटस आए लगत्तै प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नो ध्यानकेन्द्रित भएको भन्दै आफ्नो फेसबुक पेजमार्फत जतिसक्दो छिटो सुधार गर्ने प्रतिबद्धता जनायो । रचनात्मक खबरदारी भन्दै जवाफदेहिता जनाएको स्वास्थ्य केन्द्रले केही बेरमै उक्त प्रतिबद्धता सहितको स्ट्याटस हटाएको छ ।

फेसबुकमा साझा गरेका ती तस्बीर सहितको स्ट्याटसमा प्राप्त अधिकांस प्रतिक्रिया सुधार हुनुपर्ने पक्षमा देखिएका छन्, तर कतिपय प्रतिक्रिया व्यवस्थापनको मुख्य जिम्मेवारीमा रहेको स्थानीय सरकारको बचाउमा देखिएका छन् ।

निर्वाचनका बेला स्वास्थ्य सेवालाई संवेदनशील भन्दै सुधारको प्रतिबद्धता व्यक्त गरेको स्थानीय सरकारको नेतृत्व भने यसतर्फ सधै उदासीन देखिएको स्थानीयको गुनासो छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?