चेबो अदैको हत्या गरिएको भन्दै बुर्तिबाङमा बिरोध प्रर्दशन, अनुसन्धानका निम्ती पाँच जना प्रहरीको नियन्त्रणमा

बाग्लुङको ढोरपाटन नगरपालिका २ तारिखेत स्थित तरकारी बारिमा बुधबार बिहान शव भेटिएका चेबो अदैको सुनियोजित रुपमा हत्या भएको हुनसक्ने भन्दै मृतकका आफन्तले बिरोध प्रर्दशन गरेका छन् । अदैका आफन्तहरुले घटनाको सत्य तथ्य बाहिर ल्याई दोषिलाई कारवाहीको माग सहित प्रहरी प्रशासनलाई ध्यानाकषर्ण गराएका हुन् ।

 

बिहान १० बजेदेखि बुर्तिबाङ बजारमा ¥याली सहित बिरोध प्रर्दशन गर्दै पिडितले न्याय पाउनु पर्ने माग सहित घटनालाई प्रहरी प्रशासनले गम्भिर रुपमा लिन ध्यानाकर्षण गराएका छन् । ढोरपाटन नगरपालिका ६ मोराङ स्थाई घर भई हाल ढोरपाटन नगरपालिका २ तारिखेत स्थित छोरीको घरमा कृषि पशु फार्म सञ्चालन गरेर बस्दै आएका अन्दाजी ५५ बर्षिय चेबो अदै आज बिहान करिब ६ बजे घर नजिकैको तरकारी बारिमा मृत फेला परेका थिए ।

 

मंगलबार साँझ ७ बजेदेखि घरबाट सम्पर्क विहिन भएका अदैलाई छोरी ज्वाँईले विभिन्न स्थानमा खोज्दा समेत फेला नपारेपछि राती नै इलाका प्रह्री कार्यालय बुर्तिबाङमा खबर गरिएको परिवारको भनाई छ ।

 

तर आफुहरुले खबर गर्दा समेत प्रह्रीले बेवास्ता गरेको परिवारको आरोप छ । राती अवेर सम्म खोज्दा नभेटिएका अदै बिहान भने घर नजिकै तरकारी बारिमा मृत भेटिनु संकास्पद रहेको परिवारको आसंका छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । हालसम्म इलाका प्रहरी कार्यालय बुर्तिबाङले स्थानीय पाँच जनालाई अनुसन्धानका निम्ती ल्याईएको प्रहरीको भनाई छ । दोषि पत्ता नलागेसम्म आफुहरुले शव नउठाउने भन्दै परिवारले शव उठाउन मानेका छैनन् ।

 

मंगलबार दिउँसो तारिखेतमा स्थानिय युवाहरुविच मदिरा सेवन गरि झगडा समेत गरेको बुझिएको छ । सोही दिन ३ जनालाई प्रहरीले प्रकाउ समेत गरेको थियो । घटनाको विषयमा थप अनुसन्धानबाट मात्रै खुल्ने इलाका प्रह्री कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश अधिकारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?