तारीखेत छोरीको घरमा बस्दै आएका एक ब्यक्तीको शव बारिमा फेला

बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय छेमु अदै तारीखेतस्थित बारीमा मृत अवस्थामा फेला परेका हुन् ।

 

तारीखेत छोरीको घरमा बस्दै आएका अदै मङ्गलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन भएका थिए । साँझ नै परिवारले खोजी गरे पनि नभेटिएको तर बिहान करिब ६ बजेको समयमा घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिए ।

 

अदैको मृत्यु कसरी भयो भन्ने बारेमा अहिलेसम्म यकिन नभएको र अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिए । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

आर्दर्श सञ्चारबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?