गुल्मीका युवा उद्यमी खराल नेपाल सरकारको रत्नपदक द्धारा बिभुषित

गुल्मीका युवा उद्यमी तथा कृषक भुवन खराल नेपाल सरकारको रत्नपदकद्धारा बिभुषित भएका छन् ।

संविधान दिनस राष्ट्रिय दिवशका दिन बिभुषण प्रदान गर्न घोषणा भएबमोजिम युवा कृषि उद्यमी अन्र्तगत गुल्मीको छत्रकोट गाउँपालिका १ का कृषक भुवन खराल बिभुषित भएका हुन् ।

 

उनी गुल्मी जिल्लाकै उत्कृष्ट किसान तथा युवा उद्यमी हुन् । गुल्मीमा करिव १ सय रोपनी जग्गामा तरकारी खेति गरिरहेका खराललाई युवा स्वरोजगार तथा युवा उद्यमी ज्ञान केन्द्र पाल्पाले समेत सम्मान गरिसकेको छ ।

आफ्नै लगानीमा कृषि फर्म खोलेका खरालले २० जनालाई रोजगारी दिएका छन् ।

२०७३ सालमा कोरिया जानका लागि कोरियन भाषा पढेका खरालले भाष पढेर नसक्दै कृषि गर्ने योजना गरेर कृषि पेसा अंगालेको उनको भनाई छ । बिदेश जानु भन्दा नेपाली माटोमै केही गरे बिदेशमा भन्दै धेरै राम्रो गर्न सकिने उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?