बल्ल पक्राउ परे टोप बहादुर रायमाझी

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी बल्ल पक्राउ परेका छन् ।

प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको जानकारी प्रहरी स्रोतले दिएको छ ।

वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए ।

सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नेकपा एमालेका सचिव समेत रहेका उनलाई पार्टिले निलम्बन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?