गुल्मीमा असिना सहितको वर्षा, मौसमी तथा बेमौसमी तरकारी बालीमा क्षती

गोबिन्द झाक्री, गुल्मी

आज परेको अबिरल बर्षा संगैको असिनाले गुल्मीका किसानको बालिनाली नष्ट पारेको छ । गुल्मीको चन्द्रकोटको अर्जेवा , न्युरेनी, बिसुखर्क  लगायतका स्थानमा कृषकले लगाएका बिभिन्न बाली तथा तरकारी पानी सहित परेको असिनाले नष्ट गरेको हो ।

 

असिनाले आलु, मकै, धानको बिउ, सुन्तला लगायत मौसमी तथा बेमौसमी  तरकारीहरु पनि नष्ट पारेकाले किसानहरु मर्कामा परेको चन्द्रकोट १ का कृषक युवराज खरालले बताएका छन् । लामो समयको खडेरी पछि भएको बर्षाले एक्कैछिन उत्साहित बनेका किसान पानी सहित परेको असिना र त्यसले पुराएको क्षतीले भने चिन्तित बनेका छन ।

 

आज अपराह्न पछि स्याङ्जा, बाग्लुङ र गुल्मीका केही भेगमा असिना सहित पानी परेको छ । असिना सहित आएको पानीले के कती क्षत्रफलमा रहेको बालीमा कति असर गर्यो भन्ने एकिन बिवरण भने प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?