दुर्घटनामा घाइते भएका जिवन पन्थको नाममा गुल्मीको मैनडाँडा माध्यमिक विद्यालय हर्दिनेटामा रु.१ लाख बराबरको स्मृतिकोष स्थापना गरिने भएको छ ।
नव प्रगतिशिल युवा क्लवले क्लवका अध्यक्ष तथा सामाजिक अभियन्ता स्व. जिवन बावु पन्थको सम्झनामा छत्रकोट गाउँपलिकामा अवस्थित मैनडाँडा माध्यमिक विद्यालय हर्दिनेटामा रु.१ लाख बराबरको ३जिवन बावु स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।
घोषित रकम अक्षय कोषको केही मापदण्ड बनाएर केहिदिन पछि एक कार्यक्रमका बिच विद्यालय लाई हस्तान्तरण गरीने क्लवले जनाएको छ।
जिनवबाबुु पन्थको बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले ठक्कर दिएको र उपचारका क्रममा मृत्यु भएको थियो ।