गुल्मी–काठमाडौं नियमित उडान सुरु

झरना कंडेल, काठमाडौं ।

गुल्मीको रेसुगां विमानस्थलबाट आज देखि नियमित उडान सुरु भएको छ । नेपाल एअरलाइन्सले आज बिहान सिमिचौरमा अवस्थित रेसुङ्गा बिमानस्थलबाट काठमाडौको लागि उडान भरेको हो ।

 

गत मंगलबार नेपाल एअरलाइन्सलाई सातामा २ पटक उडान गर्न अनुमति दिएको थियो ।

 

साताको मंगलबार र शुक्रबार रेसुंगा– काठमाडौं नियमित उडान हुने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार उडानका निम्ती एयरलाइन्सले रेसुङ्गा नगरपालिकासंग सम्झौता गरेको छ ।

 

उक्त रुटको भाडा ६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?