भक्तपुरको जंगलमा सडिसकेको अवस्थामा शव भेटियोः टाउको रुखमा, शरीर भुइँमा

भक्तपुरको खरिपाटीस्थित सेतीदेवी सामुदायिक वनमा एकजना पुरुषको शव फेला परेको छ।

 

चाँगुनारायण नगरपालिका–५ स्थित जंगलमा पुरुषको टाउको रुखमा र शरीर भुइँमा सडिसकेको अवस्थामा बुधबार फेला परेको हो। भक्तपुरका एसपी प्रजित केसीका अनुसार अन्दाजी ४५ वर्षीय पुरुषको शवको पहिचान हुन सकेको छैन।

 

टाउको भने हरियो डोरीले बाँधिएको अवस्थामा रुखमा झुण्डिएको अवस्थामा थियो। ती पुरुषले आत्माहत्या गरेको र घाँटीको भाग सडेपछि शरीर भुइँमा झरेको हुनसक्ने प्रहरीको अनुमान छ। शवको सनाखत गर्ने र थप अनुसन्धान थालेको एसपी केसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?