गुल्मीमा जिप दुर्घटना हुँदा चालक घाइते, सहचालकको मृत्यु

गुल्मीको मालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गुल्मीको दर्लिङबाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ नं. को डबल क्याप जिप गएराति करिब पौने १० बजे मालिका गाउँपालिका–२ खल्टिङ खोलामा दुर्घटना हुँदा जिपका सहचालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार जिपको ब्रेक फेल भई सडकबाट १५० मिटर तल खसेको थियो।

 

सहचालक बाग्लुङ बडिगार्ड गाउँपालिका–९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए।

 

जिपका चालक २१ वर्षीय प्रेम बहादुर केसी घाइते भएका छन्। लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उनको उपचार भइरहेको डिएसपी पाण्डेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?