कपन घटना को केही दिनभित्रै प्रहरीले सत्यतथ्य पत्ता लगाउँछः गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कपनमा भएको निरा आचार्यको हत्याको घटनामा दोषी छिट्टै पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन्।

 

आाज प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस हत्याको घटनामा केही दिनभित्रै दोषी पत्ता लाग्ने गरी प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्।

 

‘प्रहरीले यसमा गम्भीर रूपले अनुसन्धान गरिरहेको छ। अनुसन्धानको प्रक्रियालाई आफ्नै गम्भीर विधिद्वारा गहिराइमा पुगेर सत्यतथ्य पत्ता लगाउने प्रक्रिया तीव्र पारिएको उनले बताउदै उनले केही दिन भित्रैमा प्रहरीले सत्यतथ्य पत्ता लगाउने दोषीलाई कानुन र न्यायको कठघरामा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

यस विषयमा प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं‌ सांसद गगनकुमार थापालगायत सांसदले प्रश्न गरेका थिए।

 

कपनको सरस्वतीनगर बस्ने निरा आचार्यको गत बिहीबार दिउँसो पसलभित्रै दिनदहाडै हत्या भएको थियो। धारिलो हतियार प्रहार गरी उनको हत्या भए पनि कसले गरेको हो भन्ने विषय खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?