आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।
अन्तिम मत परिणाममा लामिछानेले ५४१७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत पाएका छन्।उनीहरूबीचको मतान्तर ४३०६१ छ।
यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।
अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो। उनको सांसद पद गुमेका कारण चितवन-२ मा उपनिर्वाचन भएको हो।
रास्वपा सभापतिसमेत रहेका उम्मेदवार लामिछानेलाई नेपाली कांग्रेसबाट चितवन २ मा उम्मेदवार रहेका जितनारायण श्रेष्ठ र नेकपा एमालेबाट उम्मेद्वार रहेका रामप्रसाद न्इौपानेले बधाई दिइसकेका थिए ।
मतगणनाको अन्तिम परिणाम नआउँदै कांग्रेस उम्मेदवार जितनारायण र एमाले उम्मेद्वार रामप्रसाद न्यौपानेले रास्वपा उम्मेदवार लामिछानेलाई बधाई दिइसकेका थिए ।