नेकपा एमाले छत्रकोटले मनायो पार्टी स्थापना दिवस

अमर पन्थ, बुटवल

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७४ वर्ष पुगेको अवसरमा देशको सबैभन्दा ठूलो कम्युनिष्ट घटक नेकपा एमालेले छत्रकोटको आयोजनामा लेनिन जयन्ती मनाएको छ ।

 

छत्रकोट पार्टी अध्यक्ष पिताम्बर अर्यालको अध्यक्षता रहेको उक्त कार्यक्रममा कमलराज श्रेष्ठको प्रमुख आतिथ्यता, मधुकृष्ण पन्त , परदेश कमिटी सदस्यहरु नर्मदा भण्डारी, होमनाथ कण्डेल ,शम्भु ज्ञवाली जिल्ला कमिटी सदस्यहरु हेमन्त खड्का ज्ञान, कुमार श्रेष्ठ, बिष्णु पन्त, तेजकान्त अर्याल ,शोभाकर पन्त, रुनमाया सिंजाली, हेमन्त सुनार लक्ष्मी न्यौपाने को बिशेश आतिथ्यता रहेको थियो ।

 

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले ठट्यौली पारामा चौरी गाईको पुच्छरलाई मुसाको पुच्छर शीत तुलना नगर्न अनुरोध गर्नु थियो ।

 

कार्यक्रममा ६ बटै वडाको पालिका कमिटीको उपस्थिती रहेको उक्त कार्यक्रममा हेमन्त खड्का शभ्भु ज्ञवाली , होमनाथ कण्डेल, नर्मदा भण्डारी , मधुकृष्ण पन्तले पार्टी स्थापना देखि बर्तमान सम्मका आरोह अबरोहका कुरा स्पष्ट पार्नुभएको थियो ।

 

दुर्गा सुनारको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको संचालन नेकपा एमाले छत्रकोट सचिब यज्ञ पाण्डेले गर्नु थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?